गण्डकी

स्याङ्जाका युवा कवि निश्चल भट्टराई ‘जुनियर द पोइट आइडल’को राष्ट्रिय मञ्चमा, भोटको अपिल

निशान भट्टराईसमाचार रिपोर्टर
२७ असार २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
स्याङ्जाका युवा कवि निश्चल भट्टराई ‘जुनियर द पोइट आइडल’को राष्ट्रिय मञ्चमा, भोटको अपिल

स्याङ्जा। गण्डकी प्रदेशको स्याङ्जा जिल्ला, कालीगण्डकी गाउँपालिका–७ मिर्मी फाँटमा जन्मिएका प्रतिभाशाली युवा कवि निश्चल भट्टराई राष्ट्रियस्तरको प्रतिष्ठित काव्य प्रतियोगिता ‘जुनियर द पोइट आइडल’ को टप–२० मा स्थान बनाउन सफल भएका छन्।

स्याङ्जाको माटोमा हुर्किएर कालीगण्डकीको बहावसँगै आफ्ना सपना र सिर्जनालाई आकार दिएका निश्चल अहिले राष्ट्रिय मञ्चमा उभिएर आफ्ना शब्द, भावना र सिर्जनशीलतामार्फत सिङ्गो स्याङ्जाको पहिचानलाई उजागर गरिरहेका छन्। शब्दलाई आफ्नो हतियार, कवितालाई जीवनको श्वास र मानवतालाई आफ्नो धर्म मानेर उनले आशा, प्रेम र सकारात्मक परिवर्तनका सन्देशहरू आफ्ना सिर्जनामार्फत निरन्तर प्रवाह गर्दै आएका छन्।

राष्ट्रिय प्रतिस्पर्धाको यस महत्वपूर्ण चरणमा निश्चललाई अब दर्शक तथा शुभेच्छुकहरूको अमूल्य मतको आवश्यकता परेको छ। स्याङ्जाको साहित्यिक सम्भावनालाई राष्ट्रिय स्तरमा स्थापित गराउने यस यात्रामा प्रत्येक भोटले उनको सपनालाई अझ नजिक पुर्‍याउने विश्वास गरिएको छ। त्यसैले जिल्लाभित्र तथा बाहिर रहेका सम्पूर्ण स्याङ्जाली, साहित्यप्रेमी तथा नेपालीहरूलाई निश्चल भट्टराईलाई मतदान गरी साथ दिन आयोजकले आग्रह गरेको छ।

आयोजकका अनुसार भोट गर्ने अन्तिम समय यही सोमबार बिहान १०:०० बजेसम्म मात्र रहेको छ।

नेपालबाट भोट गर्ने तरिका:

* Play Store वा App Store बाट OSR Connect App डाउनलोड गर्नुहोस्।
* Sign Up गरी Junior The Poet Idol मा क्लिक गर्नुहोस्।
* Nischal Bhattarai चयन गरी Khalti वा eSewa मार्फत धेरैभन्दा धेरै भोट गर्नुहोस्।

विदेशबाट भोट गर्ने तरिका:

* Cinema Ghar App डाउनलोड गर्नुहोस्।
* Junior The Poet Idol मा क्लिक गर्नुहोस्।
* Nischal Bhattarai चयन गरी धेरैभन्दा धेरै भोट गर्नुहोस्।

स्याङ्जाको साहित्यिक गौरवलाई राष्ट्रिय मञ्चमा अझ उचाइमा पुर्‍याउन तपाईंको एउटा भोट पनि निर्णायक बन्न सक्छ। निश्चल भट्टराईको सम्भावित सफलताले स्याङ्जाको साहित्यिक क्षेत्रलाई थप ऊर्जा, प्रेरणा र राष्ट्रिय पहिचान दिलाउने अपेक्षा गरिएको छ। त्यसैले आफ्नै जिल्लाको प्रतिभालाई राष्ट्रिय मञ्चमा विजयी बनाउन समयमै मतदान गरी साथ दिन सबैमा हार्दिक अनुरोध गरिएको छ।

निशान भट्टराईसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।