गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने

स्याङ्जा, भदौ २२ || नेपाल सरकारले देशभर आज बाढीपहिरो तथा विभिन्न विपद्का कारण ज्यान गुमाएका, घाइते, बेपत्ता तथा प्रभावित परिवारप्रति श्रद्धाञ्जली र ऐक्यबद्धता जनाउँदै १३ औँ दिन शोक प्रकट गर्ने निर्णय गरेसँगै स्याङ्जाको गल्याङमा पनि सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने भएको छ।
गल्याङमा राजनीतिक दल, जनप्रतिनिधि, विभिन्न संघ–संस्था, समुदाय, क्लब तथा स्थानीयवासीको सहभागितामा छुट्टाछुट्टै स्थानमा दीप प्रज्वलन तथा शोकसभा गरिने बताए पनि विपद्का कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ताको सकुशल खोजीका लागि सर्बपछिय प्रार्थना गरिने जनाइएको छ।
कार्यक्रमलाई सर्वपक्षीय र साझा बनाउन राजनीतिक दल तथा विभिन्न पक्षका प्रतिनिधिबीच भएको छलफलले सबैको सहभागितामा शोक कार्यक्रम गर्ने सहमति गरेको हो।
विपद्को पीडामा रहेका परिवारप्रति ऐक्यबद्धता जनाउँदै गल्याङवासीले राष्ट्रिय शोकमा एकजुट भएर दीप प्रज्वलन तथा श्रद्धाञ्जली कार्यक्रम गर्ने भएका छन्।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

सार्वजनिक सुनुवाइको विषयमा विवाद, वडा अध्यक्षमाथि पेट्रोलियम पदार्थ छ्यापेको आरोप...
