बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

स्याङ्जा भदौं २३ । सामुदायिक रेडियो स्याङ्जा एफएमले ‘विपद मा रेडियो : सूचना, समन्वय र जीवनरक्षाको माध्यम’ विषयक विपद् संवादसहित आफ्नो १८औँ वार्षिकोत्सव तथा साधारणसभा सम्पन्न गरेको छ।
कार्यक्रममा विपद्का समयमा सही सूचना प्रवाह, प्रभावकारी समन्वय र नागरिकको जीवनरक्षामा रेडियोको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइयो। जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद घर्तीले रेडियोले सत्य, तथ्यमा आधारित र विश्वसनीय समाचारलाई निरन्तर प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, पत्रकार, रेडक्रस तथा सामाजिक संघसंस्थाका प्रतिनिधिले विपद्का बेला रेडियो संवादलाई थप प्रभावकारी बनाउन सुझाव दिएका थिए। आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले विपद्सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए।
सामुदायिक रेडियो स्याङ्जा का अध्यक्ष अमृतप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले स्वागत र कोषाध्यक्ष चन्द्रमणी पौडेलले धन्यवाद र प्रमुख ब्यवस्थापक रमेश गोदारले संचालन गर्नुभएको थियो । समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ साल भदौ २३ गते देखि नियमित प्रसारणमा आएको रेडियो स्याङ्जा हाल दैनिक १८ घण्टा प्रशारण हुदैँ आएको छ ।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने

सार्वजनिक सुनुवाइको विषयमा विवाद, वडा अध्यक्षमाथि पेट्रोलियम पदार्थ छ्यापेको आरोप...
