गण्डकी

स्याङ्जामा सामाजिक तथा धार्मिक सद्भाव र्याली सम्पन्न

अनिता गौतम अर्यालसमाचार रिपोर्टर
१७ साउन २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
स्याङ्जामा सामाजिक तथा धार्मिक सद्भाव र्याली सम्पन्न

श्रावण १७, स्याङ्जा । पछिल्ला केही दिनयता देशका विभिन्न स्थानमा देखिएका विवाद तथा असहिष्णुताका घटनालाई मध्यनजर गर्दै सामाजिक तथा धार्मिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले स्याङ्जामा सद्भाव र्याली सम्पन्न गरिएको छ।

लक्ष्मीस्मृति सामुदायिक पुस्तकालय, रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनको संयुक्त आयोजनामा सम्पन्न र्याली लक्ष्मीस्मृति सामुदायिक पुस्तकालयको प्राङ्गणबाट सुरु भई स्याङ्जा बजार परिक्रमा गर्दै शहीदचोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कोणसभालाई सम्बोधन गर्दै संस्थाका वरिष्ठ उपाध्यक्ष विश्वराज मरासिनीले समाजमा शान्ति, सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै सबै समुदायबीच भाइचारा, एकता र पारस्परिक विश्वास अभिवृद्धि गर्ने उद्देश्यले र्याली आयोजना गरिएको बताउनुभयो।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष चन्द्रमणि पौडेल, प्रमुख व्यवस्थापक रमेश गोदार लगायतले सामाजिक एकता, धार्मिक सहिष्णुता र राष्ट्रिय सद्भाव कायम राख्न सबै नागरिकले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको थियो।

आयोजकका अनुसार वर्तमान विषम परिस्थितिमा समाजमा आपसी विश्वास, मेलमिलाप र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने उद्देश्यका साथ सद्भाव र्याली आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, सञ्चारकर्मी, बुद्धिजीवी, स्थानीयवासी तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो।

अनिता गौतम अर्यालसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।