गण्डकी

गल्याङ भजन समूहको दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

ग
गोपाल अधिकारीसमाचार रिपोर्टर
३१ असोज २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गल्याङ भजन समूहको दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न...

गल्याङ, असोज ३१। धर्म, संस्कृति र मौलिक परम्पराको जगेर्नामा सक्रिय गल्याङ भजन समूहले दसैँको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
गल्याङस्थित समूहको आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा समूहका सदस्य, सल्लाहकार तथा स्थानीयको उपस्थिति रहेको थियो।

गल्याङ नगरपालिकाभित्रका युवालाई एकताबद्ध गर्दै धर्म, संस्कृति र भजन परम्पराको संरक्षणसँगै सिर्जनात्मक तथा सामाजिक कार्यमा युवाको सहभागिता बढाउने उद्देश्यले समूहले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ। युवामाझ लोकप्रिय बन्दै गएको समूहले आगामी दिनमा पनि सामाजिक सद्भाव, सांस्कृतिक जागरण र रचनात्मक कार्यलाई निरन्तरता दिने जनाएको छ।

ग
गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।