गण्डकी

चिराग आवासीय माध्यमिक विद्यालयको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न...

प
प्रविण अधिकारीसमाचार रिपोर्टर
२० कार्तिक २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
चिराग आवासीय माध्यमिक विद्यालयको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न...

गल्याङ । गल्याङ क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै सामाजिक क्षेत्रमा समेत अग्रणी भूमिका निर्वाह गर्दै आएको चिराग आवासीय माध्यमिक विद्यालयले आफ्नो ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न गरेको छ।

वि.सं. २०३९ सालमा स्थापना भएको विद्यालयले आफ्नै प्राङ्गणमा आयोजना गरेको समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाप्रसाद श्रेष्ठको अध्यक्षता तथा स्याङ्जा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य माननीय झबिलाल डुम्रे को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य माननीय महेश भट्टराई ,नगरप्रमुख गुरु प्रसद भट्टराई ,नगराउपप्रमुख हेमा न्यौपाने, प्रशासकिय अधिकृत युबराज अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। त्यसैगरी गल्याङ नगरपालिका–३ का वडाध्यक्ष कृष्ण प्रसाद भट्टराई , लगायत नगर का जनप्रतिनिधि हरु ,विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षाप्रेमी, समाजसेवी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य झबिलाल डुम्रे ले शिक्षा नै समाज रूपान्तरण र राष्ट्र निर्माणको प्रमुख आधार भएको उल्लेख गर्दै गुणस्तरीय, व्यावहारिक तथा जीवनोपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। उहाँले विद्यालयले चार दशकभन्दा लामो समयदेखि शैक्षिक क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

हाल विद्यालयमा ९६६ जना विद्यार्थी अध्ययनरत रहेका छन् भने ७० जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयले जनाएको छ। वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रदर्शन गरेका थिए। विद्यार्थीहरूको प्रतिभा, कला र क्षमताको प्रदर्शनसँगै अभिभावक तथा अतिथिहरूको सहभागिताले समारोहलाई थप आकर्षक बनाएको थियो।

चार दशकभन्दा लामो शैक्षिक यात्रामा विद्यालयले गल्याङ क्षेत्रको शैक्षिक उन्नयन, गुणस्तरीय शिक्षा र सामाजिक चेतना अभिवृद्धिमा पुर्‍याएको योगदान प्रशंसनीय रहेको सहभागीहरूले बताएका थिए।

विद्यालयको शैक्षिक यात्राले आगामी दिनमा अझ उचाइ हासिल गर्दै समयानुकूल प्रविधिमैत्री, गुणस्तरीय र व्यावहारिक शिक्षाको विकासमा थप सफलता प्राप्त गरोस् भन्ने अपेक्षासहित समारोह भव्य रूपमा सम्पन्न भएको हो।

प
प्रविण अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।