बिरुवा गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ सम्पन्न

बिरुवा (स्याङ्जा), साउन २१ — बिरुवा गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। सामुदायिक रेडियो स्याङ्जाको सहजीकरणमा आयोजित कार्यक्रममा स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सेवा प्रवाह, विकास निर्माण, कृषि, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति, कृषि उपजको बजारीकरण, बाँदर नियन्त्रण तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य सेवासम्बन्धी विषयमा जिज्ञासा राखेका थिए।
जिज्ञासाको जवाफ दिँदै गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले सबै राजनीतिक दल र स्थानीयवासीबीचको सहकार्यले बिरुवाको विकासमा सकारात्मक परिणाम दिएको बताए। सडक पूर्वाधार, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा अझ सुधार आवश्यक रहेकाले विद्यालयसँग समन्वय बढाएर गुणस्तरीय शिक्षामा जोड दिइने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका दलका प्रतिनिधिले स्थानीय सरोकारका विषय उठाएका थिए। प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले वार्षिक प्रगति तथा सेवा प्रवाहसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।
गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भगवती शर्माले स्वागत मन्तव्य व्यक्त गरे भने सामुदायिक रेडियो स्याङ्जाका प्रमुख व्यवस्थापक रमेश गोदारले कार्यक्रम सञ्चालन गरेका थिए।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...

गल्याङमा सर्वपक्षीय दीप प्रज्वलन तथा शोकसभा हुने
