गण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ जनगुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...

ग
गोपाल अधिकारीसमाचार रिपोर्टर
२१ असोज २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
राष्ट्रिय स्वतन्त्र पार्टीको ‘हामी आउँदैछौँ’ जनगुनासो तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न...

गल्याङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ जनगुनासो तथा अन्तरक्रिया कार्यक्रम स्याङ्जा को गल्याङमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय नागरिक तथा सरोकारवालाले क्षेत्रको विकास, पूर्वाधार, कृषि, रोजगारी र ठूला आयोजनासम्बन्धी विभिन्न सवाल उठाएका थिए !
नगर सभापति टिकाराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्यहरू शोभा खनाल, सागर ढकाल, झविलाल डुम्रे तथा जिल्ला अध्यक्ष विश्वास भण्डारी लगायतको उपस्थिति थियो। कार्यक्रममा नगरभित्रका विभिन्न क्षेत्रका सरोकारवाला तथा स्थानीयवासीले आफ्ना गुनासा, सुझाव र अपेक्षा प्रस्तुत गरेका थिए।

जनगुनासोका क्रममा स्थानीयले निर्वाचित जनप्रतिनिधि भइसकेपछि आफ्नो क्षेत्रमा विकास निर्माणका योजना र बजेट कति भित्रिए, बजेट कार्यान्वयनको अवस्था कस्तो छ भन्ने विषयमा प्रश्न गरेका थिए। बाँझिँदै गएका खेतबारीको सदुपयोग गर्दै युवालाई रोजगारी सिर्जना गर्ने योजना, कृषि तथा पशुपालनमा एकीकृत खेती प्रणाली लागू गर्नुपर्ने विषयसमेत उठाइएको थियो। त्यस्तै, सिद्धार्थ राजमार्गको स्तरोन्नति, गल्याङ–पिडीखोला सडकको कालोपत्रे, जिल्लाकै महत्वपूर्ण आयोजनाका रूपमा हेरिएको आँधीखोला हाईड्याम निर्माणको प्रक्रिया लगायतका विषयमा पनि सहभागीहरूले चासो र प्रश्न राखेका थिए। स्थानीयले ठूला विकास आयोजनाका विषयमा सरकार र सम्बन्धित जनप्रतिनिधिबीच अपेक्षित समन्वय हुन नसकेको गुनासोसमेत गरेका थिए।

कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य शोभा खनालले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठन विस्तार तथा ‘क्यान्डिडेट क्लब’ लगायतका विषयमा पार्टीका नेता तथा कार्यकर्तालाई अभिमुखीकरण गराएकी थिइन्। उनले स्थानीय तहमा पार्टीलाई थप मजबुत बनाउँदै जनताका समस्या र विकासका मुद्दालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।

त्यस्तै, स्याङ्ज -२ का प्रतिनिधि सभा सदस्य झबिलाल डुम्रे ले कार्यक्रम लाई सम्बोधन गर्दै स्थानिय निर्बाचन को जनप्रतिनिधि छनोट को बिषय म बोल्दै पार्टी को सुचना र निति बाहिर भनसुन को भर मा कोहि उमेदवार हुन नसक्ने कुरा प्रष्ट पार्नु भएको थियो ,सिद्धार्थ राजमार्ग को स्तर्रोत्तर उन्नती र आँधिखोला हाईड्याम को बिषय मा समेत मन्त्रालय म कुरा उठिराखेको र अपेक्षित नतिजा आउन समय लाग्ने बताउनु भएको थियो! पार्टी अभियान कै क्रम मा उपस्थित प्रतिनिधि सभा सदस्य सागर ढकालले जनगुनासोमा उठेका विषयमा जवाफ दिँदै संसद्मा किवी खेती, कफी खेती लगायत स्थानीय उत्पादन तथा कृषिसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ उठाउँदै आएको बताए। उनले भौतिक पूर्वाधार तथा विकास निर्माणका विषयमा आफूहरू जानकार रहेको उल्लेख गर्दै स्थानीयस्तरबाट उठेका जायज मागलाई सम्बन्धित निकायसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागीले उठाएका प्रश्नको जवाफ दिँदै ढकालले सरकार र पार्टीबीच कतिपय विषयमा अपेक्षित समन्वय हुन नसकेको अवस्था रहेको स्वीकार गरे। साथै, विगतमा सत्तासँग नजिक रहेका केही पुराना दलका कार्यकर्ताले सरकार ढल्ने चर्चा गरे पनि कुनै पनि हालतमा पाँच वर्षसम्म वर्तमान सरकार नढल्ने दाबी गरे।

जनताका गुनासा प्रत्यक्ष रूपमा सुन्ने, स्थानीय समस्या पहिचान गर्ने र विकासका मुद्दालाई राजनीतिक बहसको केन्द्रमा ल्याउने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमले गल्याङका स्थानीय सरोकारका विषयमा थप छलफलको वातावरण निर्माण गरेको सहभागीहरूले बताएका छन्।

ग
गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।