स्याङ्जा–२ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा एस. के. पुरी (शेष कान्त) को उम्मेदवारी

स्याङ्जा, असोज १२ ! सामाजिक सारथी को अर्को पर्याचबाची नाम हो एस के पुरी (शेष कान्त) नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि (खुला) पदमा एस. के. पुरी (शेष कान्त पुरी) ले उम्मेदवारी प्रस्तुत गर्नुभएको छ।
नेपाली कांङ्रेस पाटी र निती लाई सर्बोपरी मान्दै सामाजिक तथा शैक्षिक क्षेत्रमा समेत सक्रिय रहँदै आएको बताउनुभएका पुरीले दुःख तथा समस्यामा परेका व्यक्तिलाई आफ्नो क्षमताअनुसार सहयोग गर्दै आएको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार विभिन्न मठमन्दिर, आमा समूह, जातीय संघ–संस्था तथा युवा क्लबका सामाजिक गतिविधिमा समेत सहयोग गर्दै आउनुभएको छ। देश तथा विदेशमा आपत्–विपत्मा परेका नेपालीलाई समेत आवश्यकताअनुसार सहयोग गर्दै आएको उहाँको भनाइ छ।
शैक्षिक क्षेत्रमा विभिन्न विद्यालयमा अक्षयकोष स्थापना तथा सहयोगमार्फत विद्यार्थीको शैक्षिक विकासमा योगदान गर्दै आएको पुरीले बताउनुभएको छ। उहाँले युवा पुस्तालाई सामाजिक तथा सिर्जनात्मक गतिविधिमा जोड्ने, धार्मिक तथा सामाजिक संस्थासँग सहकार्य गर्ने र समुदायका ज्येष्ठ नागरिक, बालबालिका तथा युवासँग निरन्तर जोडिएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभएको छ, “तपाईंहरूको विश्वास, साथ र सुझाव नै मेरो शक्ति हो। संगठन सुदृढीकरण र जिम्मेवार प्रतिनिधित्वका लागि म प्रतिबद्ध छु।” पुरीले कुनै पनि विषयमा धारणा बनाउँदा अध्ययन र तथ्यलाई प्राथमिकता दिने बताउँदै सत्यतथ्यमा आधारित भएर मात्र आफ्नो धारणा सार्वजनिक गर्ने उल्लेख गर्नुभएको छ। साथै, सबै समुदाय, वर्ग र समूहको भावना तथा विचारको सम्मान गर्ने उहाँको प्रतिबद्धता छ।
सामाजिक सेवा, शिक्षा, युवा सहभागिता तथा धार्मिक–सामुदायिक गतिविधिमा सक्रिय रहँदै आएका पुरीले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टी संगठनलाई थप सबल बनाउने तथा स्याङ्जा–२ का कार्यकर्ता र जनसमुदायका आवाजलाई सम्बन्धित तहमा प्रभावकारी रूपमा उठाउने उद्देश्य रहेको बताउनुभएको छ।
पुरीले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिभन्दा संगठनमा सकारात्मक परिवर्तन र जिम्मेवार प्रतिनिधित्वका लागि गरिएको प्रयासका रूपमा प्रस्तुत गर्नुभएको छ।
सम्बन्धित समाचार

चिराग आवासीय माध्यमिक विद्यालयको ४४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न...

यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे, तिहारका पर्वहरूको मिति सार्वजनिक...

आँधिखोला हाई ड्यामको मुद्दा संसद्सम्म पुर्याउन गल्याङमा युवाहरूको पहल
