GPLT20 दोश्रो सिजनको बिजेता "गल्याङ इगल्स"

गल्याङ नगरपालिका क्रिकेट संघको आयोजनामा संचालित ” गल्याङ प्रिमियर लिग जिपिएल टि ट्वान्टी” को दोश्रो संस्करणको बिजेता गल्याङ इगल्स बनेको छ ।
गत २०८२ चैत्र २८ देखि २०८३ बैसाख १९ गते सम्म मालुङ्गा खेलमैदानमा चलिरहेको प्रतियोगिताको फाइनल खेलमा गल्याङ इगल्सले गल्याङ युनाइटेडलाई ४१ रनले पराजित गर्दै बिजेता बन्न सफल भएको हो ।
पहिलो इनिङमा ब्याटिङ गर्दै सम्पन्न बस्याल को ३६ बलमा ५० रनको मदतमा हार्दिक बस्याल को आक्रमक ४१ रन र जीवन सिङ्जाली को ३८ रनको योगदानमा इगल्सले कुल १८७ रन जोड्दै १८८ रनको लक्ष्य पेश गरेको थियो ।
युनाइटेडको तर्फबाट समीर गैरेले ३ विकेट लिएका थिए भने अङ्कित न्यौपाने र अभिषेक भट्टराईले समान १-१ विकेट लिए ।
जवाफी ब्याटिङमा गल्याङ युनाइटेडले १८.१ ओभर ब्याटिङ गर्दै आफ्नो सम्पुर्ण विकेट गुमाउदै कुल १४६ रन मात्र जोड्न सफल रह्यो । युनाइटेडका लागि कप्तान अङ्कित न्यौपानेले ३२ रन र महेन्द्र थापाले ३० रनको योगदान दिएका थिए ।
युनाइटेडलाई रोक्ने क्रममा ४ विकेट हात पारेका इगल्सका खेलाडी केशब खनाल खेलको म्यान अफ द म्याच बन्न सफल भएको थिए । अजय बस्यालले २ विकेट हात पार्दा नारायण भन्डारी र सम्पन्न बस्याल ले १-१ विकेट आफ्नो नाममा गर्न सफल रहे ।
प्रतियोगितामा तेश्रो स्थान हात पारेको गल्याङ बलास्टर्सका कप्तान सन्दिप खत्री ” प्लेयर अफ दि टुर्नामेन्ट” बन्न सफल रहे । गल्याङ राइनोजका कप्तान विशाल कोइराला ३०८ रन सहित बेस्ट ब्याट्सम्यान र गल्याङ इगल्सका केशब खनाल २३ विकेट सहित बेस्ट बलर घोषित भए ।
उदियमान खेलाडी तर्फ रोयल सनराइज गल्याङ का कृश भन्डारी र गल्याङ ब्लास्टर्सका सुमन बस्याल ” इमर्जिङ खेलाडी” बनेका छन ।
प्रतियोगिताको बिजेता गल्याङ इगल्सले रु. १ लाख नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । दोश्रो स्थानमा रहेको गल्याङ युनाइटेडले रु. पचास हजार र तेश्रो स्थानमा रहेको गल्याङ बलास्टर्सले नगद रु. २५ हजार हात पार्यो ।
प्रतियोगिताको अनुशासित टोलि गल्याङ रिभर्स बनेको छ ।
सम्बन्धित समाचार

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल

स्मार्ट सिटी वालिङ मा योगध्यान शिबिर संचालन

गंगालाल माविको खेल मैदानमा प्रथम चापाकोट क्रिकेट लिग टी–२० प्रतियोगिता हुने
